मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निगमको जहाज ८६ दिनदेखि ग्राउन्डेड, इजरायलमा मर्मत हुँदै

ekantipur.com · Mon Mar 04 00:56:52 GMT 2024

काठमाडौँ — राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ‘लुम्बिनी’ नामक न्यारोबडी ८६ दिनदेखि ग्राउन्डेड भएको छ । मर्मतका लागि इजरायल पठाइएको उक्त जहाज निगमको चरम व्यवस्थापकीय लापरबाहीका कारण झन्डै तीन महिनादेखि ग्राउन्डेड भएको हो । जसका कारण निगमलाई मासिक साढे आठ करोडभन्दा बढी रुपैयाँ नोक्सानी भइरहेको छ ।

सबैभन्दा छोटो दूरीमा दुईतर्फी उडान गर्ने जहाजले पनि सबै खर्च कटाएर कम्तीमा १० लाख रुपैयाँ नाफा गर्ने वायुसेवा सञ्चालकहरूको सरदर तथ्यांक छ । उक्त जहाज ४२ दिनअघि इजरायल पठाइनुअघि काठमाडौंमा पनि ४४ दिन ग्राउन्डेड थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)