ओलीलाई छेक्ने प्रचण्डको तिगडम ब्यर्थ, कांग्रेस धारा ७६ (२) मै अडिग
barnanmedia.com · Sat Jul 06 21:49:29 UTC 2024

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्नबाट छेक्ने तिगडम ब्यर्थ भएको छ। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई छेक्न भरपूर प्रयास गरिरहेका छन्।
एमाले र कांग्रेसबीच गठबन्धन बनेपछि प्रचण्ड अल्पमतमा परिसबेका छन्। उनी २८ असारमा विश्वासको मत लिँदैछन्।तर, अब प्रचण्डले विश्वासको मत नपाउने र सरकार ढल्ने र कांग्रेस, एमालेको सहमति अनुसार नै ओली प्रधानमन्त्री बन्ने तय छ। तर, प्रचण्ड भने सकेसम्म आफ्नै बहुमत जुटाउने, नत्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अफर गर्नेमा लागिरहेका थिए। उनले देउवालाई अफर मात्र गरेका छैनन्, नेतृ पम्फा भुसाललाई दूतका रुपमा भारत पठाइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)