प्रहरी हिरासतमा वडाध्यक्षमाथि कुटपिट भएको आरोप, बिकलाई उपचारका लागि सुर्खेत लगियो
onlinekhabar.com · Wed Oct 07 02:04:37 GMT 2026

२१ असोज,सुर्खेत । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान बिकलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ। उनलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत ल्याइएको हो।
वडाध्यक्ष बिकको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)