रुकुम पश्चिमको हिरासतमा घाइते भएका वडाध्यक्ष विकलाई सुर्खेत लगियो
nepalviews.com · Wed Oct 07 02:41:44 GMT 2026

सुर्खेत । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ । उनलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत ल्याइएको हो ।