आठविसकोटका वडा अध्यक्षलाई प्रहरी हिरासतमा कुटपिट गरेको आरोप
ratopati.com · Wed Oct 07 05:38:02 GMT 2026

काठमाडौँ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर–३ का अध्यक्ष केशरमान विकलाई प्रहरी हिरासतमा कुटपिट भएको आरोप लागेको छ । नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सदस्य समेत रहेका विकलाई प्रहरीले हिरासतमा कुटेर घाइते बनाएको भन्दै घटना छानबिन गर्न नेकपाले माग गरेको हाे ।
नेपाली कम्युनिस्ट पार्टीका रुकुम पश्चिम जिल्लाका संयोजक गोविन्द रोका र सह संयोजक सुरज परियारले विज्ञप्ति प्रकाशन गरेर कुटपिटमा संलग्नहरूमाथि कानुनी कारबाही गर्न माग गरेका हुन् । बिहीबार अभद्र व्यवहार सम्बन्धी मुद्दामा फरार गोपाल विकलाई पक्राउ गर्न गएका प्रहरीलाई गालीगलौज गरेर हातपात गरेको आरोपमा प्रहरीले केशरमानलाई नियन्त्रणमा लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)