इजरायल रोजगारीमा ठगी प्रकरण : सीआईबीद्वारा पीडितबाट जाहेरी आह्वान
ratopati.com · Wed Oct 07 06:36:14 GMT 2026

काठमाडौं । इजरायलमा केयरगिभर रोजगारीका लागि पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पीडितहरूलाई पनि सम्पर्कमा आई जाहेरी दर्ता गर्न आह्वान गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (हेलो सरकार शाखा) र पीडितहरूको उजुरीका आधारमा सीआईबीले रामेछापको सुनापती गाउँपालिका–१ का ५९ वर्षीय भरत प्रसाद चौलागाईंसहित चार जनालाई पक्राउ गरी अनुसन्धान बढाइरहेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको सीआईबीले बुधबार जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)