चोरी भएको स्कारपियोमा भारतीय नम्बर प्लेट
rajdhanidaily.com · Tue Jan 16 23:30:06 GMT 2024
राजविराज । आठ दिन अघि राजविराजबाट चोरी भएको स्कारपियो गाडी मंगलबार भारतमा फेला परेको छ । राजविराज नगरपालिका ९ का निवर्तमान वडाअध्यक्ष शम्भुप्रसाद यादवको घर कम्पाउण्डबाटै ८ दिन अघि चोरी भएको बा.१४च. २९३५ नं. को गाडी मंगलबार भारत बिहार राज्यको लौकही ग्रामपंचायतको एकहत्ता भन्ने गाउँबाट फेला परेको हो ।
आफू र प्रहरीले गाडीको खोजि कार्य जारि राखेको बेला सीमावर्ती भारतीय गाउँबाट उक्त गाडी बरामद भएको गाडीधनी यादवले बताए । उनले आफ्नै पहलमा उक्त गाडी बरामद गर्न सफल भएको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)