'ग्रुप अफ डेथ’ को चुनौती
ekantipur.com · Sat Jan 20 01:14:23 GMT 2024
काठमाडौँ — न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान । यी राष्ट्र नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरणमा खेल्ने प्रतिद्वन्द्वी हुन् । त्यसमा पाकिस्तान दुई पटकको विजेता हो । स्वाभाविकै छ, दक्षिण अफ्रिकामा शुक्रबार सुरु युवा विश्वकपको समूह ‘डी’ मा रहेको नेपालका लागि यात्रा सजिलो हुने छैन ।
नेपालले समूह चरणमै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण राष्ट्रहरूसँग खेल्ने छ । यू–१९ मा नेपालका लागि यी कुनै नौला प्रतिद्वन्द्वी होइनन् । समूह चरणमा खेल्ने टोलीसँग नेपाल परिचित छ । तर ‘ग्रुप अफ डेथ’ मानिएको समूहमा नेपाल जितविहीन हुने त होइन भन्ने पनि छ । किनभने समूहका अन्य तीन टोलीको स्तर नेपालभन्दा माथि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)