मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधान न्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा

ratopati.com · Wed Oct 07 10:08:48 GMT 2026

काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । बुधबार दिउँसो विभागको टोलीले महाराजगञ्जस्थित जबराको घरमा छापा मारेको विभागका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

चोलेन्द्रसँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा छन् । सापकोटाको मोबाइलको विवरण जाँच गरेर प्रहरी र सम्पत्ति शुद्धीकरणले संयुक्त रूपमा उनीसँगै जबरामाथि पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)