मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कप क्रिकेट : नेपाल र भारत दुवै दबाबमा

annapurnapost.com · Mon Sep 04 00:56:26 GMT 2023

काठमाडौं : एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्दैछ। श्रीलंकाको पाल्लेकेलमा हुने उक्त खेलमा सफलता हात पार्दै नेपाल र भारत सुपर फोरमा स्थान बनाउने दाउमा छन्। नेपाल र भारत सम्मिलित समूह ‘ए’ बाट आयोजक पाकिस्तान भने यसअघि नै सुपर फोरमा पुगिसकेको छ। हरेक समूहको शीर्ष दुई टोलीले एसिया कपको सुपर फोरमा पुग्ने प्रावधान छ।

सोमबारको खेल नेपाल र भारतका लागि निकै महत्वपूर्ण मानिएको छ। घरेलु टोली पाकिस्तानसँग पहिलो खेलमा पराजय बेहोरेको नेपाल भारतविरुद्ध जित निकाल्दै अघिल्लो चरणमा पुग्ने अभियानमा छ। वर्षाका कारण पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको आठ पटकको विजेता भारतलाई पनि सोमबारको खेल जित्नैपर्ने दबाब छ। त्यसैले दुवै टोलीका लागि यो खेल ‘गर या मर’को स्थिति छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)