दसैंको मुखमा देशभरका सडकको अवस्था भद्रगोल, कहाँ हराए मन्त्री र सचिव ?
barnanmedia.com · Tue Sep 24 22:09:19 UTC 2024

सरकारले दसैंका लागि १२ असोजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको बुकिङ खुल्ला गर्ने निर्णय मात्र गरेको छैन, घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरेको छ। अर्थात् घटस्थापनादेखि पूर्णिमासम्म जुनसुकै गाडी जहाँ पनि जान पाउछन्। ।
दसैंकाबेला करिब २० लाख काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन्। तर, सडकको दुर्दशा भने बिर्सन लायक छ। काठमाडौं उपत्यकाबाट बाहिरिने दुबै सडकको अवस्था बेहाल छ। मुख्य मार्ग नागढुंगा, मुग्लिन सडकमा कतिखेर पहिरो खस्छ थाहा हुँदैन। हरेक दिनजसो ढुंगा खसिरहेका हुन्छन्। भक्तपुर, बनेपा सडक पनि हिलाम्य छ। समयमै सडक निर्माण नसक्दा गाडी गुडाइनसक्नु छ। यसबाहेक देशभरका राजमार्ग र ग्रामीण सडकको अवस्था पनि बेहाल छ। नारायणगढ, बुटवल सडक खनेर बेहाल बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)