मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मलद्वारको ‘सुन’ले प्रदेश मन्त्री संकटमा

newsofnepal.com · Sun Sep 17 01:01:53 GMT 2023

काभ्रे । आफ्नै कार्यकर्ताहरु एक केजी अवैध सुन तस्करीमा पक्राउ परेपछि भुक्तानी दिएको आधारमा लगानीकर्ताका रुपमा फेला परेको ‘चेक’, बंैक ब्यालेन्स तथा अन्य थप केही प्रमाणका आधारमा काभ्रे कांग्रेसका सभापति एवं संविधानसभा सदस्य, बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा अनुसन्धानमा तानिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागमती प्रदेश सभामा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाको जवाफ माग गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भन्नुभयो– ‘मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करी भएको सुनिन आएको छ । यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्दछ । त्यसको पुष्टि नहुँदासम्म पदबाट अलग हुनुपर्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)