माेरङ प्रहरीद्वारा गाँजा बरामद
deshsanchar.com · Sun Jul 07 17:17:24 UTC 2024

मोरङ – बूढीगंगा गाउँपालिकामा रोकी राखेको एक कारबाट मोरङ प्रहरीले १ सय १५ किलो लागुऔषध गाँजा बरामद गरेको छ।
मोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गाउँपालिका–१ स्थित आदर्श टोलमा रोकेर राखिएको बा ७ च ९५९५ नम्बरको कारभित्र गाँजा बरामद भएको हो। प्रहरी नायब उपरीक्षक बस्नेतले कारको पछाडिको भागमा लुकाएर राखेको अवस्थामा अवैध गाँजा फेला परेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)