मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार करोड बढीको अवैध सामान बरामद

ratopati.com · Wed Oct 07 23:43:20 GMT 2026

झापा । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले भन्सार छली, अवैध चोरी–निकासी र पैठारीका रु चार करोड १५ लाख ६२ हजार ३७३ मूल्य बराबरका सामान बरामद गरेको छ ।

गणका अनुसार गत साउनमा रु एक करोड ५५ लाख पाँच हजार ६२६, भदौमा रु एक करोड ४८ लाख एक हजार ८१८ र असोज महिनाको हालसम्म रु एक करोड १२ लाख ५४ हजार ९२९ मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो । आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा रु दुई करोड २० लाख ८९ हजार ५७८ मूल्य बराबरका अवैध सामान बरामद भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)