मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाँजासहित युवक पक्राउ

ratopati.com · Wed Oct 07 23:40:13 GMT 2026

भोजपुर ।भोजपुरमा प्रहरीले ठुलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका–९ स्थित धिरिङ खोलाको बगरबाट प्रहरीले २४४ किलो ७०० ग्राम गाँजासहित आमचोक गाउँपालिका–७ का १९ वर्षीय एकराज मगरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको हो । प्रमुख खड्काका अनुसार मगरको साथबाट ६ बोरा गाँजा, मोटरसाइकल र मोबाइल बरामद गरिएको छ । पक्राउ परेका मगरलाई बरामद गाँजासहित अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)