फिलिपिन्स भूकम्प अपडेट : १५ जनाको मृत्यु
nepalnews.com · Mon Jun 08 09:56:08 GMT 2026
मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्।
भूकम्पपछि राहत तथा उद्धार कार्य तीव्र पारिएको छ भने प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ। नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दक्षिण कोटाबातो, सुल्तान कुदारत, साराङ्गानी र जनरल सान्तोस सिटीसहित सोक्सस्कार्गेन क्षेत्रमा मात्रै १२ जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)