चौथोपटक पक्राउ परे वडाध्यक्ष केशरमान
baahrakhari.com · Thu Oct 08 08:09:57 GMT 2026

काठमाडौं । पटक–पटक पक्राउ पर्दै छुट्दै आएका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पुनः समातिएका छन् । मंगलबार (असोज २१) प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धानका निम्ति जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट तीन दिनको म्याद लिएको छ ।
रकम असुलीको आरोपमा खोजी भइरहेका गोपाल विक भनिने वीरेन्द्र विकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि हातपातको प्रयास गरेपछि वडाध्यक्षलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक झविन्द्र परियारले बताए । केशरमान र वीरेन्द्र दाजुभाइ भएका उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)