लोकान्तर समाचार प्रभाव: घुस अडियोमा जोडिएका कर्मचारी दुर्गममा सरुवा, थप कारबाही अघि बढ्यो !
lokaantar.com

जिल्ला सरकारी वकिल कार्यालय महोत्तरीमा मुद्दा मिलाउने नाममा घुसको मोलमोलाइ भएको अडियोसहित लोकान्तरले समाचार प्रकाशित गरेपछि महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले संलग्न कर्मचारीमाथि कारबाही अगाडि बढाएका छन् ।
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार अडियोमा कुराकानी गरेको सुनिएका जिल्ला सरकारी वकिल कार्यालयका खरिदार घनश्यामप्रसाद देवकोटा र त्यस क्रममा नाम लिइएका सहायक जिल्ला न्यायाधिवक्ता दीपेन्द्रकुमार दासलाई तत्कालका लागि सरुवा गरिएको छ भने यस सम्बन्धमा छानबिन र थप आवश्यक कारबाही प्रक्रिया पनि अगाडि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)