मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालयको साख गिराउन अर्को तमासा

ekantipur.com · Thu Dec 08 01:13:59 GMT 2022

काठमाडौँ — एउटै प्रवृत्ति, एउटै पटकथा । चोलेन्द्रशमशेर जबरा मुख्य पात्र रहेको नाटकको नयाँ शृंखला सुरु भएको छ । पर्दा खुल्ने र बन्द हुने यो शृंखलाले नेपालको न्याय प्रणालीमाथि भद्दा मजाक गरिरहेको छ । स्वयं जबरा र प्रमुख राजनीतिक दलका नेताहरूले देखाइरहेको तमासामा संसद्का महासचिव भरतराज गौतम पनि अप्रत्याशित रूपमा प्रवेश गरेका छन् ।

संसद्का महासचिव प्रशासनिक प्रमुख हुन् । उनी संसद्मा आउने प्रस्ताव दर्ता गर्ने, पक्ष वा विपक्षमा पर्ने अभिमतको अभिलेख राख्ने अधिकारी हुन् । तर यसपालि गौतमले आफैं मत राखेका मात्र छैनन्, त्यसैलाई निर्णायक बनाएका छन् । जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निर्क्योल गर्ने अघिल्लो प्रतिनिधिसभाको कार्यकाल सकिएको छ, नयाँ प्रतिनिधिहरूको निर्वाचन भर्खरै भएको छ । संक्रमणकालको मौका पारेर संसद्का महासचिव अनधिकृत क्षेत्रमा प्रवेश गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)