मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाकिस्तानको सर्वोच्च अदालतले उल्ट्यायो संसद विघटन र अविश्वास प्रस्ताव खारेजीको घोषणा

deshsanchar.com · Thu Apr 07 16:59:35 GMT 2022

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ।

अदालतले संसद विघटन गर्ने कदम गैरकानुनी भएको फैसला बिहीबार साँझ त्यहाँको अखबार डनले गरेको छ। सर्वोच्चले पुनर्स्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन पनि आदेश दिएको छ। सर्वोच्चले शनिबार नै अविश्वास प्रस्तावमाथि मतदान गर्न पनि आदेश दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)