मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी रकम हिनामिनामा गृहमन्त्रीको संलग्नता छैन : प्रधानमन्त्री

ekantipur.com · Wed Mar 20 01:23:59 GMT 2024

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका र प्रहरीमा उजुरीसमेत परेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ मागेको छ । प्रधानमन्त्री दाहालले भने सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेको कुनै संलग्नता नदेखिएको जवाफ दिएका छन् ।

‘हालसम्मको अनुसन्धानबाट लामिछाने कुनै पनि सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारीमा रहेको देखिँदैन’ उनले सहकारीको रकम हिनामिनासम्बन्धी अदालतमा विचाराधीन मुद्दामा पनि लामिछाने नजोडिएको जिकिर गरे । पोखराको सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले गत साउन २२ मा प्रहरीमा दिएको जाहेरीमा कसैको नाम किटान नगरिएको प्रधानमन्त्रीको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)