२१ किलो सुन बरामद प्रकरणः १० दिनदेखि निगरानी, छापा मार्दा प्रहरीमाथि आक्रमण
kendrabindu.com · Fri Oct 09 00:35:59 GMT 2026

काठमाडौं । बूढानीलकण्ठमा २१ किलो सुन बरामद गर्नुपहिले प्रहरीले १० दिनदेखि निरन्तर निगरानी गरेको खुलेको छ । विशेष सूचना प्राप्त भएपछि खटिएको टोलीले एक साताभन्दा लामो निगरानीपछि सुन बरामद गरेको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए । ‘हाम्रो उद्देश्य सुन मात्र समात्नु थिएन, त्यसका मालिक पनि समात्नु थियो,’ ती अधिकृतले भने, ‘त्यसैले लामो पर्खाइपछि बरामद गरिएको हो ।’
बरामद गरेपछि प्रहरीले त्यो सुनमा जोडिएका तीन चिनियाँ नागरिकबारे जानकारी पाएको थियो भने घरधनीको नालीबेली पहिल्यै निकालिसकेको थियो । त्यसक्रममा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर, उनीहरुको नाम खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)