काठमाडौंका लुटेरा ग्याङको खुलासा : प्रहरीबाट लुटिएका हतियार किन्न खोज्दै थिए २७ मुद्दाका अभियुक्त
barnanmedia.com · Fri Oct 09 04:01:44 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा शृंखलाबद्ध लुटपाटमा संलग्न रहेको आरोप लागेका एक युवकले जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार खरिद गर्ने तयारी गरेको खुलेको छ। प्रहरीले २७ वटा मुद्दामा संलग्न रहेको भनिएका २४ वर्षीय आयन माझीलाई पक्राउ गरेपछि उनको समूहका गतिविधिबारे थप विवरण सार्वजनिक भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका माझीलाई काठमाडौं महानगरपालिका–३२, जडीबुटीस्थित पुलमुनिबाट पक्राउ गरिएको हो। पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि दुई राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहार गरिएको प्रहरीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)