मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘१ लाख २ हजार लाइसेन्स नक्कली’

ekantipur.com · Mon Jul 08 23:16:31 UTC 2024

काठमाडौँ — तपाईंले यातायात व्यवस्था विभागले भनेअनुसार प्रक्रिया पूरा गरेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउनुभएको छ ? कि बिनाझन्झट छिटो लाइसेन्स पाउने लोभमा धेरै पैसा खर्च गरेर दलालमार्फत लाइसेन्स बनाउनुभएको पो छ कि ? त्यसो हो भने तपाईं अवश्य ढिलोचाँडो प्रहरीको फन्दामा पर्नुहुनेछ । त्यो पनि लिखत कसुर मुद्दामा ।

०७२ मंसिरयता जारी भएका १ लाख २ हजार ७ सय ११ वटा लाइसेन्स शंकास्पद भेटिएका छन्, यस अवधिमा तपाईंले दलाललाई पैसा खुवाएर लाइसेन्स बनाएको भए त्यो नक्कली हुन सक्छ । यसबारे पहिल्यै प्रहरी, यातायात व्यवस्था विभाग वा सम्बन्धित यातायात कार्यालयमा गएर जानकारी गराउनुभयो भने पक्राउ पर्नबाट जोगिन सक्नुहुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)