प्रदेश सांसदको घरबाट उद्धार गरिएकी किशोरीको बाआमासँग जान इन्कार
ekantipur.com · Mon Jul 08 23:29:59 UTC 2024

काठमाडौँ — प्रदेश सांसदकै घरमा बालश्रम शोषणमा परेर काठमाडौं महानगरपालिकाको पहलमा उद्धार गरिएकी किशोरीले अभिभावकसँग जान इन्कार गरेकी छन् । लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेकी एमाले नेतृ रेखाकुमारी शर्माको घरमा कामदारका रूपमा लगाइएको, कुटपिट गरिएको सहितका उजुरी परेपछि १४ वर्षीया ती किशोरीलाई गत जेठमा काठमाडौं महानगरले उद्धार गरी संरक्षण गृहमा राखेको छ ।
६ वर्षको उमेरमै अभिभावकले किशोरीलाई शर्माको संरक्षणमा पठाएका थिए । केहीअघिमात्रै ती किशोरीलाई घरेलु कामदारका रूपमा लगाउने गरेको खुलेको थियो । महानगरकै पहलमा संरक्षण गृहमा रहेकी किशोरीलाई अभिभावकले जिम्मा लिन खोजेका थिए । तर, किशोरीले संरक्षण गृहमै बसेर पढ्ने, जागिर खाने अनिमात्रै घर फर्किने बताएकी छन् । महानगर र संरक्षण गृह दुवैले किशोरीलाई अभिभावकको जिम्मा लगाउन नमानेपछि बाबुले ‘संरक्षण गृहमा बन्धक बनाएको’ भन्दै उद्धार गरी आफ्नो जिम्मामा लैजान पाउनुपर्ने मागदाबीसहित गत जेठ २७ मा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणकको रिट हालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)