तस्करले साउनदेखि लिएका थिए भाडामा घर
ratopati.com · Fri Oct 09 07:02:43 GMT 2026

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले बरामद गरेको सुनको परिमाण २१ किलो ७५० ग्राम यकिन गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्यान्ह बुढानीलकण्ठस्थित चपलीबाट सुन बरामद गरेको हो ।
सुन तस्करीमा संलग्न ३ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन बरामद भएको घर गएको साउनदेखि तस्कर समूहले भाडामा लिएको भेटिएको छ । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्, ‘२०८३ साउनदेखि घर भाडामा लिएको भेटिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)