मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युतीय सवारीको भाडा दर सार्वजनिक, कुन रुटमा कति ? (सूचीसहित)

ratopati.com · Fri Oct 09 07:52:07 GMT 2026

काठमाडौँ । सरकारले अन्तर प्रदेश (छोटो, मध्यम र लामो दूरी) मा विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार भाडा दर सार्वजनिक गरेको हो ।

विभागका अनुसार तराई र पहाडी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको छ । तराईको लामो दूरी (२५० कि.म ि . भन्दा बढी) पक्की र ग्राभेल बाटोमा प्रति कि.म ि . प्रति व्यक्ति रु. २.९३ कायम गरिएको छ भने २५ देखि २५० कि.मी. सम्मको दूरीमा रु. ३.०० तोकिएको छ । त्यसैगरी, काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डका लागि प्रति कि.म ि . रु. ३.२४ कायम गरिएको विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)