सुन तस्करी गर्न चिनियाँ नागरिकले ३ लाख ३० हजारमा घर भाडामा लिएको खुलासा
ratopati.com · Fri Oct 09 08:18:16 GMT 2026

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालबाट बिहीबार प्रहरीले झण्डै २२ किलो सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गर्यो । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहले सोही प्रयोजनका लागि नै मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी घर लिएको खुलासा भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा निगरानी गरी तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हान फेई, झोउ लङछिङ र सु क्यान छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)