विद्युतीय सार्वजनिक सवारीको भाडा दर सार्वजनिक, कुन रुटमा कति ? (सूचीसहित)
canadanepal.com · Fri Oct 09 08:26:39 GMT 2026

काठमाडौँ - सरकारले अन्तरप्रदेशीय विद्युतीय सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले छोटो, मध्यम र लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको हो।
विभागका अनुसार तराई तथा पहाडी सडकमा सञ्चालन हुने सवारीसाधनको प्रतिकिलोमिटर भाडादर परिमार्जन गरिएको छ। तराईको पक्की तथा ग्राभेल सडकमा २५० किलोमिटरभन्दा बढी दूरीका लागि प्रतिव्यक्ति प्रतिकिलोमिटर २ रुपैयाँ ९३ पैसा भाडा निर्धारण गरिएको छ। त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिव्यक्ति प्रतिकिलोमिटर ३ रुपैयाँ कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)