‘अयोग्य’ अदालत जाँदा चितवनमा ट्रायल सेन्टर विवाद बढ्यो
ratopati.com
चितवनको भरतपुरमा ट्रायल सेन्टरस्थल राख्ने विषयमा विवाद बढेको छ । यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले लिने सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षास्थलको सन्दर्भमा प्रस्ताव पेश गर्नेमध्येका एक कम्पनीले विवाद झिकेपछि यो विषय अदालतसम्म पुगेको हो । २०७९ वैशाख २ गते यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले प्रस्ताव आह्वान गरेर दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारीको चालक अनुमति पत्रका लागि आवश्यक पर्ने परीक्षणस्थल उपलब्ध गराउनका लागि प्रस्ताव आह्वान गरेको थियो ।
विभिन्न १६ वटा सर्त राखेर गरिएको प्रस्ताव आह्वानमा वैशाख १९ गतेसम्म एक्सिस मोटर ड्राइभिङ सेन्टर, त्रिवेणी मोटर ड्राइभिङ सेन्टर, गरिमा मोटर ड्राइभिङ सेन्टर, द्गुरु ड्राइभिङ सेन्टर, चितवन ड्राइभिङ स्कुल र महालक्ष्मी ड्राइभिङ सेन्टर गरी ६ वटा कम्पनीले निवेदन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)