घरधनी विदेशमा, भाडाको घरमा सुनको अबैध कारखाना
gorkhapatraonline.com · Fri Oct 09 10:49:16 GMT 2026

काठमाडौँको बुढानीलकण्ठमा विदेशमा बस्ने नेपालीको घर मासिक तीन लाख ३० हजार रुपियाँ भाडामा लिएर सुन प्रशोधन तथा तस्करीको सञ्जाल सञ्चालन भइरहेको खुलेको छ। आवासीय प्रयोजनका लागि लिइएको घरभित्र सुन गलाउने मेसिन, रसायन र प्रशोधनका उपकरण राखेर तीनजना चिनियाँ नागरिकले सुनलाई पुनः बजारमा पठाउन मिल्ने स्वरूपमा तयार पार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार बिहान करिब ५ बजे बुढानीलकण्ठ –२, माथिल्लो भङ्गालस्थित उक्त घरबाट २१ किलो ७५० ग्राम सुनसहित तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि आवासीय घरलाई अवैध कारोबारको केन्द्र बनाइएको तथ्य सार्वजनिक भएको छ। सुन ओसारपसारमा नेपाली नम्बर प्लेटको गाडी प्रयोग गरिएको र त्यसैमार्फत बाहिर निस्कन खोज्दा उनीहरू प्रहरीको निगरानीमा परेको खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)