बूढानीलकण्ठबाट बरामद भएको सुनको मूल्य ५४ करोड !
kendrabindu.com · Fri Oct 09 11:17:57 GMT 2026

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालबाट बिहीबार प्रहरीले बरामद गरेको सुनको तौल २१ किलो ७५० दशमलव ६८ ग्राम रहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सुन हालको बजार मूल्य रु ५४ करोड ६० लाख सात हजार ३२० रहेको जानकारी दिइएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्न माथिल्लो भङ्गालस्थित चिनियाँ नागरिकले भाडामा लिएको एक घरबाट उक्त सुन बरामद गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, झोउ लङछिन्ङ र छु क्यान रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)