पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
ratopati.com · Tue Jun 30 00:18:08 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको ब्लकपस्टर भिडन्तमा आज दुई उत्कृष्ट लयमा रहेका शीर्ष १० भित्रका टोली नेदरल्यान्ड्स र मोरक्को भिड्दैछन् । मेक्सिकोको मोन्टेरेमा खेलिने यो खेल नेपाली समय अनुसार मंगलबार बिहान ६ः४५ बजे सुरु हुनेछ । सन् २०२२ को कतार विश्वकपको क्वाटरफाइनलमा क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई स्तब्ध पार्दै सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरक्कोको निसानामा अब बलियो डच टोली रहेको छ । फिफा वरीयताको छैटौँ स्थानमा रहेको मोरक्को र सातौँ स्थानमा रहेको नेदरल्यान्ड्स दुवै यस विश्वकपमा आक्रामक फुटबल खेल्दै अघिल्लो यात्रा तय गर्न केन्द्रित छन् ।
नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणको पहिलो खेलमा जापानसँग २–२ को बराबरी खेलेको नेदरल्यान्ड्सले दोस्रो खेलमा स्विडेनलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको थियो भने अन्तिम खेलमा ट्युनिसियामाथि ३–१ को जित दर्ता गरेको थियो । डच टोलीले समूह चरणमा गरेका कुल १० गोलमध्ये ब्रायन ब्रोबेले सर्वाधिक तीन तथा क्रिसेंसियो समरभिल र कोडी गाक्पोले दोस्रो स्थानमा रहँदै दुई–दुई गोल गरेका छन् । यस्तै भर्जिल भान डाइक र जान पल भान हेकेले एक–एक गोल गरेका छन् । डच टोली अफ्रिकी टोलीहरू विरुद्ध विश्वकपका कुल ६ खेलमा अपराजित रहेको (५ जित, १ बराबरी) इतिहास छ, तर नकआउट चरणमा भने यो नेदरल्यान्ड्सको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)