रामेछापमा बस दुर्घटना : बाह्र जनाको मृत्यु
gorkhapatraonline.com · Wed Feb 11 00:53:18 GMT 2026

काठमाडौँबाट रामेछाप सदरमुकाम मन्थलीतर्फ जाँदै गरेको यात्रुवाहक बस मन्थली–६, मसानटारमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पुष्पलाल मार्गको मन्थली–खुर्कोट सडकखण्डमा मङ्गलबार काठमाडौँबाट रामेछापको सिरिसे, ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको प्र. ३–०१–००५ ख ९९७५ नम्बरको बस सडकको मोडबाट दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार अरनिको यातायातको उक्त बस सडकबाट करिब सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका असई मेघराज काफ्लेले उक्त बसमा सवार पाँच महिलासहित १२ जनाको मृत्यु र चालकसहित आठ जना घाइते भएको जानकारी दिनुभयो । उहाँले मृतकमध्ये ५०/५५ वर्षीय एक पुरुषको अझै सनाखत नभएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)