डिजिटल असुरक्षामा नेपाल : ‘डिफेन्स’ कमजोर हुँदा ‘ह्याकर’को निसानामा
ratopati.com · Sat Oct 10 03:15:00 GMT 2026

काठमाडौँ । पछिल्लो समय नेपालका सरकारी डिजिटल प्रणाली, महत्त्वपूर्ण वेबसाइटहरू र निजी क्षेत्रका पूर्वाधारहरूमाथि शृङ्खलाबद्ध साइबर हमला भइरहेको छ । सरकारी काम–कारबाहीलाई छिटो, छरितो, कागजातविहीन र पारदर्शी बनाउने उद्देश्यले सुरु गरिएका अनलाइन सेवाहरू यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्याकरहरूको सहज निसानामा पर्न थालेका छन् ।
वेबसाइटहरू डाउन गराउनेदेखि लिएर नागरिकका अति संवेदनशील व्यक्तिगत तथा राज्यका गोप्य डेटा चोरी गरेर डार्क वेबमा बिक्रीका लागि राख्नेसम्मका घटनाहरू निरन्तर बढ्दै गएका छन् । यसले नेपालको समग्र डिजिटल संरचना उच्च जोखिममा रहेको देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)