सुर्खेतमा जंगलमा लुकाइएका १८ नाल भरुवा बन्दुक बरामद
onlinekhabar.com · Sat Oct 10 03:15:54 GMT 2026

२४ असोज, सुर्खेत । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीले जिल्लाका दुई स्थानीय तहअन्तर्गतका तीन छुट्टाछुट्टै स्थानबाट ती बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा मातहतको इलाका प्रहरी कार्यालय गुटुसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ स्थित सान्नेघारीको जंगलमा खोजतलास गर्ने क्रममा पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ। जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ती बन्दुक फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)