इजरायलमा नेपाली खोज्दै सरकारको उपस्थिति, सरकार कुर्दै हवाई अनुमति
annapurnapost.com · Tue Oct 10 00:39:39 GMT 2023
काठमाडौं : इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भयो। बाँकी नेपाली विद्यार्थी र अन्य नेपालीहरू नेपाल सरकारले सुरक्षित स्थानमा जान पाइएला भन्ने आसमा २ रात बिताए। अन्तत : नेपाली राजदूतावास, एनआरएन र इजरायली सेनाको पहलमा केही सुरक्षित स्थानमा पुगे। कतै उद्धारकै प्रतीक्षामा छन्। यता सरकार भने अझै पनि हवाई अनुमतिकै रटानमा छ। उद्धारका अन्य विकल्पको खोजी नलाग्दा इजरायलमा जोखिम बढ्दै छ।
सोमबार साँझ मात्र इजरायली सेनाको स्कर्टिङमा अति संवेदनशील क्षेत्रबाट ३२ र अन्य क्षेत्रबाट १० जना विद्यार्थी गरेर ४२ जनालाई रमत नेगेभ भन्ने स्थानमा पुर्याएर सुरक्षित तवरले राखिएको राजदूत कान्ता रिजालले बताइन्। भनिन्, ‘अति संवेदनशील क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ। अब कम खतरा भएका स्थानबाट मंगलबार उद्धार गरिदिए हुन्थ्यो भन्ने नेपालीलाई ल्याइनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)