मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी सरकार गठनविरुद्ध एमाले सर्वोच्चमा

ekantipur.com · Sat Jul 08 00:59:38 GMT 2023

मोरङ — कोशी प्रदेशको नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिटमा संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दल एमालेका नेतालाई मुख्यमन्त्री बनाउन विपक्षीहरूका नाममा परमादेशको मागसमेत गरिएको छ ।

गठबन्धन दलले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर ४७ सांसदको बहुमत देखाएका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले कांग्रेसका संसदीय दल नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा निवेदन दायर गरेका हुन् । कार्कीका वारेस काठमाडौं–२९ का पवनकुमार निरौलाले दायर गरेको रिट निवेदनमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)