संगठित अपराध, असंगठित अनुसन्धान
himalkhabar.com · Fri Jul 21 16:41:00 GMT 2023
ठूलो मात्रामा सुन बरामद भएको तेस्रो दिनसम्म विभागले राजस्व चुहावट कसूरमा मात्रै अनुसन्धान गरिरहेको छ। अनौठो त के छ भने संगठित अपराध अनुसन्धानको जिम्मेवारी र जनशक्ति दुवै भएको प्रहरी यो अनुसन्धानमा कतै जोडिएको छैन।
३ साउन साँझ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए)बाट तस्करी गरेर ल्याएको ठूलो परिमाणको सुनसहित तीन जनालाई पक्राउ गर्यो। हङकङबाट ल्याइएको यो सुन तस्करीमा भोलिपल्ट थप ७ जना पनि नियन्त्रणमा आए। २०५० को दशकमा झिटीगुन्टा सुविधाको आवरणमा अवैध सुन भित्रिएपछि एकसाथ यति धैरै सुन बरामद भएको यो पहिलो हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरूको आँकलन छ। यद्यपि, बरामद सुनको तौल यकिन भइसकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)
भन्सार विभाग