महोत्तरीको विभत्स हत्या प्रकरण : तीनजना पुर्पक्षका लागि जेलमा, एकजनालाई धरौटी
rajdhanidaily.com · Sat Oct 10 08:46:49 GMT 2026

जनकपुर । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा २४ वर्षीय विवेक सरदारको विभत्स हत्या प्रकरणमा जिल्ला अदालतले चार आरोपितमध्ये तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अर्की एक आरोपितलाई भने २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
जिल्ला अदालत महोत्तरीका न्यायाधीश सञ्जीव पोखरेलको इजलासले अशोक ठाकुर, उनकी बुहारी सोनु ठाकुर र ज्वाइँ सियाराम ठाकुरलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। अशोककी श्रीमती रामकली देवीलाई धरौटीमा छाड्ने आदेश भए पनि रकम बुझाउन नसकेपछि उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)