मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसीसीमा सघाउन ओलीलाई देउवाको आग्रह

ekantipur.com · Wed Feb 23 01:07:10 GMT 2022

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदन गराउन सत्ता गठबन्धनका सहयात्री दल र प्रमुख प्रतिपक्ष एमालेसँग समानान्तर छलफल अघि बढाएका छन् । सत्ता गठबन्धन दलकै विरोधले एमसीसी सम्झौता अनुमोदन सुनिश्चित हुन नसकेपछि देउवाले बहुमतका लागि सक्रियता बढाएका हुन् ।

प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता केन्द्रमा राखेर मंगलबार साँझ बालुवाटारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सघन छलफल गरेका छन् । बालुवाटार स्रोतका अनुसार एमालेसँगको छलफलमा सत्ता सहकार्यदेखि एमसीसी सम्झौता अनुमोदन गर्नेसम्मका विषय प्रवेश भएका थिए । नेताहरूले साढे ६ बजेदेखि करिब २ घण्टा छलफल गरेका थिए । मंगलबारै दिउँसो ओली र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)