खल्बलिँदै रूपन्देहीको सुरक्षा
annapurnapost.com · Sun Aug 27 00:40:52 GMT 2023
भैरहवा : केही समययता रूपन्देहीमा आपराधिक घटना बढ्दै गएका छन्। चोरीका घटना पनि शृंंखलाबद्ध रूपमा घटिरहेका छन्। गोली प्रहार, नक्कली नोट कारोबार, हुन्डी कारोबार, हत्या, हिंसा, बलात्कारलगायत अन्य आपराधिक घटना पनि समानान्तर रूपमा भएकै छन्। तर, रूपन्देही प्रहरीले ठोस ‘रिजल्ट’ भने दिन सकेको छैन। सुरक्षाको अनुभूति नहुँदा प्रहरीले नागरिकलाई साथमा लिन सकेको छैन। अपराधका घटना बढ्दै गएपछि रूपन्देहीको सुरक्षा खल्बलिन थालेको छ। स्थानीयहरू चिन्तित र भयभीत छन्। यस विषयमा अन्नपूर्णको जिज्ञासामा रूपन्देहीका एसपी भरतबहादुर विकले भने, ‘तराईको जिल्ला हो, छिटफुट अपराध त भइरहन्छन्। अपराधै हुन्न भनेर भन्न सकिँदैन।’
जिल्लामा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी नेपाल प्रहरीको हो। तर, हिजोआज शान्ति सुरक्षा मजबुत हुनुभन्दा फितलो भइरहेको छ। पक्राउ पुर्जी थमाएर थुनामा राखिएको व्यक्तिलाई कानुनको दफा देखाएर सरकारी वकिललाई जानकारी नगराइ छाड्न थालिएको छ। क्यासिनोबाट पक्राउ गरिएका नेपालीलाई जुवातासअन्तर्गत मुद्दा चलाउनुपर्नेमा अभद्र व्यवहारको मुद्दा चलाएर कानुन कार्यान्वयनमा लचकता देखाउन थालिएको छ। नेपाली प्रवेश गराउने क्यासिनो सञ्चालकलाई छुट दिन थालिएको छ। सुरक्षाको दृष्टिकोणले जिल्ला अस्तव्यस्त बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)