‘दाबी भुक्तानी नदिँदा बिमाप्रति विश्वास गुम्न थाल्यो’
ekantipur.com · Mon Jul 25 16:18:10 GMT 2022
काठमाडौँ — कोरोना बिमाको भुक्तानी हुन नसक्दा बिमा व्यवसायप्रति सर्वसाधारणको विश्वसनीयता गुम्दै गएको नियामक निकाय बिमा समितिले जनाएको छ । यसअघि कोरोना बिमाको रकम माग्दै पटकपटक अर्थ मन्त्रालयलाई पत्र लेखिरहे पनि बिमा समितिले अहिले पहिलो पटक बिमा व्यवसायमै गम्भीर असर परेको र सर्वसाधारणको विश्वास गुम्दै गएको गुनासो गरेको हो ।
‘कोरोना बिमाको भुक्तानी सम्बन्धमा विभिन्न अदालतले पनि बिमितको रकम भुक्तानी दिन परमादेश जारी गरेको अवस्था छ,’ समितिले अर्थलाई पठाएको पत्रमा भनिएको छ, ‘विभिन्न क्षेत्रबाट आएको दबाबका कारण बिमा व्यवसायको विश्वासनीयता घट्नुका साथै व्यवसाय सञ्चालनमा समेत थप असहज परिस्थिति सिर्जना हुन सक्ने देखिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)