मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भाडा घटाउने सरकारको तयारी, विद्युतीय सार्वजनिक यातायात प्रयोग गर्नेलाई खुसीको खबर

barnanmedia.com · Wed Feb 11 21:45:00 GMT 2026

यातायात व्यवस्था विभागले विद्युतीय सवारी (इभी)को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ।

हाल डिजेल बसको भाडादर निर्धारण गरिए पनि इभी बसको भाडादर स्पष्ट रूपमा कायम नभएको भन्दै नयाँ दर निर्धारणबारे छलफल भइरहेको हो। डिजेल बसको तुलनामा इभी बसको सञ्चालन खर्च कम पर्ने आधारमा भाडादर घटाउने प्रस्ताव गरिएको विभागको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)