टिकटक खाता खोलेर ठगी धन्दा, मोबाइल बैंकिङ एपसम्मै पहुँच
onlinekhabar.com · Sun Aug 09 13:37:02 GMT 2026

२४ साउन, काठमाडौं । नवलपरासी (पूर्व) हुप्सेकोटकी नानुमाया विकले साउन ७ गते ‘लक्ष्मी कलेक्सन स्टोर’ नामको टिकटक खातामार्फत छोरीका लागि एउटा टी-सर्ट र स्कर्ट अर्डर गरिन्। सामानको अग्रिम भुक्तानीस्वरूप ९०० रुपैयाँ पठाउन भन्दै उनलाई भोलिपल्टै सामान घरमै आइपुग्ने आश्वासन दिइयो।
रकम ट्रान्सफर गरेलगत्तै प्राविधिक समस्याका कारण पैसा प्राप्त नभएको दाबी गर्दै स्टोरले विकसँग सात दिनको बैंक स्टेटमेन्ट माग्यो। नसोचिकनै उनले आफ्नो सात दिनको सम्पूर्ण वित्तीय कारोबार देखिने स्टेटमेन्ट पठाइदिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)