मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महासमितिमा गठबन्धनदेखि संविधान संशोधनसम्मका मुद्दा

ekantipur.com · Sat Feb 17 01:22:27 GMT 2024

काठमाडौँ — कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नीति महाधिवेशनकै रूपमा हुन लागेको फागुन ७–१० सम्मको महासमिति बैठकबाट चुनावी गठबन्धनदेखि संविधान संशोधनसम्मको मुद्दामा ठोस नीतिसहितको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।

महासमिति बैठकको पूर्वसन्ध्यामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको नीति, सांगठनिक र समसामयिक राजनीतिक मस्यौदामाथिको छलफलमा चुनावी गठबन्धन, निर्वाचन प्रणाली र भ्रष्टाचारको विषयलाई प्रमुखताका साथ उठाएका हुन् । सरकारका तर्फबाट अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको मुलुकको आर्थिक अवस्थाको चित्रणप्रति पनि धेरै सदस्यहरूले प्रश्न गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)