सरकारको चित्तमा लाग्दा : रिगलजस्तै ज्यान मार्ने १७० लाई आममाफी
ekantipur.com · Fri Oct 06 01:12:14 GMT 2023
काठमाडौँ — नेपालगन्जको धम्बोझी चोकमा दिनदहाडै खुँडाले हानेर मान्छे मार्ने रिगल भनिने गुन्डा नाइके योगराज ढकालको १२ वर्ष कैद माफी गरिदिने सरकारी निर्णयको अहिले सर्वत्र आलोचना भएको छ । रिगलजस्तै ज्यानै मारेको अभियोगमा जेल परेका १ सय ७० जनालाई पनि सरकारले आफ्नै तजबिजमा आममाफी दिएर घर पठाएको छ । कानुनी राजको धज्जी उडाउने यो निर्णय संविधान दिवसकै अवसरमा गरिएको हो ।
सरकारले असोज ३ मा ६ सय ७० जना कैदीलाई आममाफी दिएको थियो । कान्तिपुरलाई प्राप्त विवरणअनुसार ज्यान मारेको अपराध अदालतबाट पुष्टि भए पनि आममाफी पाउने १ सय ३४ ले आधा पनि सजाय भुक्तान गरेका थिएनन् । उनीहरूको ४० प्रतिशत मात्रै सजाय भुक्तान भएको छ । त्यस्तै थप ३७ जनाको सजाय ५० प्रतिशत मात्र पूरा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)