दसैंका लागि मध्यम तथा लामो दूरीका सवारीको रुट परमिट खुला
kendrabindu.com · Sun Oct 11 04:28:32 GMT 2026

काठमाडौं । यातायात व्यवस्था विभागले लामो तथा मध्यम दूरीका सवारीसाधनलाई देशभर यात्रु लिएर जान मिल्ने गरी आजदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि १० कात्तिकसम्म रुट परमिट खुला गर्ने निर्णय भएको हो । अब काठमाडौं उपत्यकामा गुडिरहेका सवारीसाधनले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् ।
चाडबाडमा यातायात आवागमन सहज बनाउन ट्रेलरलगायत ठूला सवारीसाधनलाई घटस्थापनादेखि ८ कात्तिकसम्म नारायणगढदेखि काठमाडौंसम्मको खण्डमा सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)