मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा–प्रबन्धमा हेरफेर गर्ने सरकारको तयारी

nayapatrikadaily.com · Thu Aug 17 00:27:00 GMT 2023

प्रधानमन्त्री प्रचण्डले बैठकमा भने– विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा–प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने वेला भएको छ । छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ । कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र उसले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा–प्रबन्धमा हेरफेर ल्याउनुपर्छ । हामी छिट्टै एउटा निर्णयमा पुग्छौँ ।

पछिल्लो सुन तस्करी प्रकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीमाथि प्रश्न उठेपछि सरकारले सुधार प्रक्रिया अघि बढाएको छ । केही दिनभित्र कार्यदल गठन गरी विमानस्थलको सुरक्षा–प्रबन्धमा हेरफेर गरिँदै छ । सरकारले राज्यका निकायहरूबीच अन्तरनिकाय समन्वयमा जोड दिन चाहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)