मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरमा कवाडी सङ्कलकको भेषमा चोर्ने समूह सक्रिय, अनुसन्धानमा अलमल

ratopati.com · Sun Oct 11 09:24:19 GMT 2026

काठमाडौँ । ललितपुरको हरिसिद्धिमा कवाडी सङ्कलन गर्ने आवरणमा चोरी गर्ने समूह सक्रिय देखिएको छ । ललितपुर महानगरपालिका–२८ शेराफाँटस्थित शीतल हाइट नजिकै असोज १६ मा निर्माणाधीन घरबाट एउटा समूहले दुई वटा पानी तान्ने मोटर, ४ वटा मार्बल ग्रेनाइट कटिङ मेशिन र बाथरुमका स्यानिटरी सामान चोरी गरेको थियो ।

भारतीय मूलका महिलाहरूले दिनदहाडै सामान चोरेर भागेको सीसीटिभी फुटेजमा देखिन्छ । स्थानीय सरला बाँस्कोटाको निर्माणाधीन ५ तले घरबाट चोरी भएको घटना प्रहरी चौकी हरिसिद्धी र प्रहरी वृत्त सातदोबाटोलाई जानकारी छ । घटनास्थल सातदोबाटो प्रहरीको कार्यक्षेत्रमा पर्छ । कवाडीको भेषमा चोरी गर्ने समूहले करिब १ लाख २० हजारको सामान चोरेको घरधनीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)